नियम १९ग
मुआब्जा निर्धारण समिति
“(१) नियम १९ ख. बमोजिम मुआब्जा निर्धारण गर्न देहायका सदस्यहरु भएको एक मुआब्जा समिति रहनेछ: (क) प्रमुख जिल्ला अधिकारी ज अध्यक्ष (ख) काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको हकमा जङ्गी अड्डाले खटाएको प्रतिनिधि र अन्य जिल्लाको हकमा नेपाली सेनाको स्थानीय व्यारेक प्रमुख त सदस्य (ग) जिल्ला प्रहरी कार्यालय प्रमुख ला सदस्य (घ) भंसार कार्यालयको प्रमुख वा सो कार्यालय नभएको जिल्लास्थित अर्थ मन्त्रालय अन्तर्गतको कुनै कार्यालयको प्रमुख जा सदस्य
(२) मुआब्जा निर्धारण समितिले दाखिला हुन आएको हातहतियार खरखजानाको अवस्था एवं मूल्यको जाँचबुझ गरी मुआब्जा रकम निर्धारण गरी गृह मन्त्रालयमा पठाउनु पर्नेछ।
(३) मुआब्जा निर्धारण समितिले निर्धारण गरेको मुआब्जामा चित्त नबुझ्ने व्यक्तिले मुआब्जा निर्धारण भएको कुरा सूचना पाएको मितिले ३५ दिनभित्र नेपाल सरकारमा पुनरावेदन दिन सक्नेछ र त्यस्तोमा नेपाल सरकारको निर्णय अन्तिम हुनेछ।